“सफल ब्यक्तिहरुको स्वभाव” (Habits of Successful People)
    February 12, 2019 < Santosh Khanal Category:Motivational

“सफल ब्यक्तिहरुको स्वभाव” (Habits of Successful People)

यदि कुनै ब्यक्तिको जीवनमा केही गर्ने उद्देश्य छैन भने, केही बनेर देखाउने इच्छा छैन भने आज नभए भोलि पक्का पनि उसले गलत बाटो समात्न बाध्य हुन्छ । किनकी हाम्रो Mind जब खाली हुन्छ यसले pleasure खोज्न थाल्छ । तसर्थ आफ्नो मनले आफूलाई प्रयोग गर्नु भन्दा पहिला नै मनको सहि उपयोग गरौँ । भागवत गीताको अध्याय ६ श्लोक ५ र ६ मा पनि यहि कुरा भनिएको छ । भगवान श्रीकृष्ण भन्नुहुन्छ, मानिसले आफ्नो मनको सहायताद्वारा नै आफ्नो उद्दार गर्नुपर्छ । जसले आफ्नो मनलाई जीतेको छ उसका लागि मन नै सबैभन्दा ठूलो मित्र हो र जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैन उसको लागि मन सवैभन्दा ठूलो शत्रु हो ।

सफल हुनको लागि हामी के गर्छौ भन्दा पनि त्यो काम कसरी गर्छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । सफल मानिसहरु एक दुई पटक असफल हुँदैमा आफूलाई Failure मान्दैनन् । उनिहरु त त्यसलाई एउटा अवसर मान्छन् । एउटा नयाँ प्रयोग मान्छन् । उनिहरु त्यहि गल्तिबाट सिकेर अगाडि बढ्छन् उनिहरु गल्ति होला भनेर कहिल्यै डराउँदैनन् बरु गल्ति दोहोरिएला कि भनेर सतर्क हुन्छन् । किनकी काम गर्दा गर्दै गल्ति हुनु स्वभाविक हो तर गल्ति दोहोर्याउनु मुर्खता हो । उनिहरु जति सुकै ठूला चूनौतिको पनि सामना गर्न तयार हुन्छन् । उनिहरु आफ्नो कामको जिम्मेवारी आफै लिन्छन् । समस्यालाई झेल्नु र समस्याहरुसँग खेल्नु उनिहरुको विशेषता हो । अनौठो हुन्छ उनिहरुको सोचाई । उनिहरु साधारण ब्यक्तिले भन्दा फरक तरिकाले सोच्दछन् । मुख्य कुरा त उनिहरुले आफूमाथि भरोसा राख्छन् र निरन्तर आफ्नो कर्ममा लागि रहन्छन् ।

Share on: