What is Real Dream? ( सपना के हो ? )
    February 11, 2019 < Santosh Khanal Category:Motivational

What is Real Dream? ( सपना के हो ? )

अन्तिममा त्यसैले जित्छ जो मर्नको लागि तयार छ । आफ्नो उद्देश्य, आफ्नो लक्ष्य आफ्नो शरिर भन्दा पनि ठूलो हुनुपर्छ । त्यत्तिकै कहाँ पाइन्छ र सफलता ? त्यत्तिकै कहाँ पाइन्छ र सम्मान ? इतिहासका धेरै महापुरुषहरुलाई हेर्नुहोस्, उनिहरुको जीवनी पठ्नुहोस् । उनिहरु कसरी सफल भए त ? सुतेर ? सोचेर ? मागेर ? या केहि गरेर ! उद्देश्य प्रतिको प्रेमले नै मानिसलाई सफल बनाउँछ । हामी प्रेम त गछौँ तर कोसँग ? आफ्नै पुरानो आदतसँग, comfort zone सँग अनि कसरी प्राप्त हुन्छ सफलता । हो त्यही भएर आफ्नो Vision र Goals सँग प्रेम गर्ने गरौँ अनि मात्र जीवन बदलिन थाल्छ ।

मानिसहरु सवै सफल हुन चाहन्छन् तर सफलताको लागि आवश्यक पर्ने काम गर्न भने थोरै मात्र अग्रसर भएको देखिन्छ । उनिहरु Effort बिनाको result चाहन्छन् । अनि अन्त्यमा केही प्राप्त नभएपछि अरुलाई दोष दिन्छन् या त आफ्नै भाग्यलाई सराप्छन् । यो असफल व्यक्तिहरुको यथार्थ हो ।

मेरै धेरै मानिसहरु देखेको छु जो सोचेकै भरमा धनि बन्न चाहान्छन् । उनिहरु कल्पना गरी–गरी आनन्दित हुन्छन् । सपना देखेकै भरमा सफलताको शिखरमा पुग्न चाहन्छन् । त्यस्ता व्यक्तिले आफ्नो जीवनको अधिकांश समय भ्रममै बिताउन पुग्छन् । They are Just Dreamers. “सपना त्यो होइन जो निन्द्रामा आउँछ । सपना त त्यो हो जसले निन्द्रा लाग्न दिँदैन” । तसर्थ निन्द्रा लाग्नै नदिने त्यस्तो Burning Desire लाई Choose गरौँ र आजैबाट आफ्नो Desire सँग सम्बन्धि कामहरु शुरु गरौँ ।

Share on: