यदि कुनै ब्यक्तिको जीवनमा केही गर्ने उद्देश्य छैन भने, केही बनेर देखाउने इच्छा छैन भने आज नभए भोलि पक्का पनि उसले गलत बाटो समात्न बाध्य हुन्छ । किनकी हाम्रो Mind जब खाली हुन्छ यसले pleasure खोज्न थाल्छ । तसर्थ आफ्नो मनले आफूलाई प्रयोग गर्नु भन्दा पहिला नै मनको सहि उपयोग गरौँ । भागवत गीताको अध्याय ६ श्लोक ५ र ६ मा पनि यहि कुरा भनिएको छ । भगवान श्रीकृष्ण भन्नुहुन्छ, मानिसले आफ्नो मनको सहायताद्वारा नै आफ्नो उद्दार गर्नुपर्छ । जसले आफ्नो मनलाई जीतेको छ उसका लागि मन नै सबैभन्दा ठूलो मित्र हो र जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैन उसको लागि मन सवैभन्दा ठूलो शत्रु हो ।
सफल हुनको लागि हामी के गर्छौ भन्दा पनि त्यो काम कसरी गर्छौँ भन्ने कुरा महत्वपूर्ण हुन्छ । सफल मानिसहरु एक दुई पटक असफल हुँदैमा आफूलाई Failure मान्दैनन् । उनिहरु त त्यसलाई एउटा अवसर मान्छन् । एउटा नयाँ प्रयोग मान्छन् । उनिहरु त्यहि गल्तिबाट सिकेर अगाडि बढ्छन् उनिहरु गल्ति होला भनेर कहिल्यै डराउँदैनन् बरु गल्ति दोहोरिएला कि भनेर सतर्क हुन्छन् । किनकी काम गर्दा गर्दै गल्ति हुनु स्वभाविक हो तर गल्ति दोहोर्याउनु मुर्खता हो । उनिहरु जति सुकै ठूला चूनौतिको पनि सामना गर्न तयार हुन्छन् । उनिहरु आफ्नो कामको जिम्मेवारी आफै लिन्छन् । समस्यालाई झेल्नु र समस्याहरुसँग खेल्नु उनिहरुको विशेषता हो । अनौठो हुन्छ उनिहरुको सोचाई । उनिहरु साधारण ब्यक्तिले भन्दा फरक तरिकाले सोच्दछन् । मुख्य कुरा त उनिहरुले आफूमाथि भरोसा राख्छन् र निरन्तर आफ्नो कर्ममा लागि रहन्छन् ।