हामी सवैलाई स्वस्थ रहन मन लाग्छ । हामी सबै चाहान्छौँ कि हामीलाई कुनै रोग नलागोस्, कहिल्यै औषधी खान नपरोस् तर बिडम्बना हाम्रो यस्तो सोचाई कहिल्यै पूरा हुन सकेन । किन होला ? किनकी हामी सोचाई त सकारात्मक राख्छौँ तर व्यवहारमा भने स्वस्थ रहने तरिका अपनाउँदैनौँ । हामी Positive Thinking त गछौँ तर Positive Action गर्ने बेलामा पछि हट्छौँ । त्यही भएर नै होला हामीले दुनियाँलाई प्रभाव पारे पनि आफूलाई प्रभाव पार्न सक्दैनौँ । अरुलाई जिते पनि आपूलाई जित्न सक्दैनौँ । मेरो विचार मान्नुहुन्छ भने महान मानिस त्यही हो जो अरुसँग हारे पनि आफूसँग कहिल्यै हार्दैनन् । अरुले तारिफ नगरे पनि आफैले आफ्नो तारिफ गर्न सक्छन् । एकान्तमा पनि आत्मसम्मानको महशुस गरेर रमाउन सक्छन् । यी ति नै मानिसहरु हुन जो Positive Thinking मा नभएर Positive Action मा विश्वास गर्छन् ।
जस्तो कि हामी सवैलाई थाहा छ स्वस्थ हुनको लागि के–के गर्नुपर्छ भनेर तर हामी धेरैले ति नियमहरु पालना गर्दैनौँ । आखिर किन हुन्छ त यस्तो ? थाहा पाउँदा पाउँदै पनि हामी किन यस्ता नियमहरु व्यवहारमा लागू गर्न सक्दैनौँ त ? यसको एउटा मात्र कारण हो, हामीसँग strong desire भएन । अर्को भाषामा भन्नुपर्दा हाम्रो सामु “गर या मर” को अवस्था आएन । उदाहरणको लागि, यदि कुनै Chain Smoker लाई डाक्टरले अव देखि तपाईले एक खिली मात्र चुरोट खानुभयो भने पनि तपाईको मृत्यु हुन सक्छ भन्यो भने उसले के गर्ला? के उसलाई चुरोट छोडन कुनै New Year or Birthday कुर्नु पर्ला? के उसलाई चुरोट छोड्न कुनै मन्दिरमा गएर झुटो Commitment गर्नुपर्ला? अवश्य पनि पर्दैन । उसले एक झट्का मै बर्षौँ देखिको आदतलाई छोड्न सक्छ किनकी मानिसको लागि मृत्यु सबैभन्दा भयानक डर हो । कोही पनि मानिस मर्न चाहँदैनन् । चाहे त्यो भगवानमा विश्वास गर्ने आध्यात्मिक मानिस नै किन नहोस् । सबैलाई लामो समयसम्म जीवन जीउने आशा हुन्छ । त्यही बाच्ने आशाले गर्दा ऊ चुरोट छाड्न बाध्य हुन्छ । जब मानिसलाई चुरोटको Pleasure भन्दा Pain धेरै भारी लाग्छ तब ऊ सजिलै चुरोट छाड्न सक्छ ।
हामी धेरैको स्वभाव यस्तै छ । जबसम्म “गर या मर” को अवस्था आउँदैन तबसम्म हाम्रो दिमाग खुल्दैन । विहान छिटो उठेर Exercise गर्ने व्यक्ति त्यहि हुन्छ जसका लागि स्वस्थ बन्ने इच्छाशक्ति सुत्नुको मजा भन्दा धेरै हुन्छ ।
i.e. “The desire to be fit has to be stronger than the desire to sleep.”